बेपत्ता वृद्धको शव पोखरीमा फेला

बेपत्ता वृद्धको शव पोखरीमा फेला
सुन्नुहोस्

विराटनगर : मोरङमा ९ दिनदेखि बेपत्ता भएका एक जना वृद्ध पुरुषको शव पोखरीमा डुबेको अवस्थामा शनिबार दिउँसो फेला परेको छ। 

धनपालथान गाउँपालिका–३ सोराभागका ६८ वर्षीय फुलकित मण्डलको शव फेला परेको हो। घरदेखि २ सय मिटर उत्तर–पश्चिममा रहेको गनगाई समुदायको पोखरीमा डुबेको अवस्थामा मण्डलको शव फेला परेको थियो। सडेगलेको दुर्गन्धित अवथामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

उनका अनुसार मण्डल पुस १२ गतेदेखि घरबाटै बेपत्ता भएका थिए। परिवारबाट सम्पर्कविहीन भएका उनको खोजी गर्ने क्रममा पोखरीमा डुबेको अवस्थामा शव भेटिएको हो। 

इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.