यसो गरे चल्छ विमानस्थल

यसो गरे चल्छ विमानस्थल
सुन्नुहोस्

नेपालमा विमानस्थल बनाउने लहर नै चल्दै आएको छ। तर, धेरै विमानस्थल सञ्चालन हुन सकेका छैनन्। यसका कारण यस्ता छन्।

१)    विमानस्थलको मौजुदा अवस्था र भविष्यको आवश्यकतालाई दृष्टिगत गरेर विकास र विस्तार गर्नुपर्छ। भविष्यमा हुने हवाई यात्रु वृद्धिले प्राप्त गर्ने प्रतिफल, आर्थिक विकासका संभावना, आर्थिक रूपमा ती विमानस्थलहरूको दिगोपना आदि पक्षमा पर्याप्त अध्ययन तथा विश्लेषण बिना विमानस्थल निर्माणमा मात्र केन्द्रित रहँदा यसरी निर्माण भएका विमानस्थल सञ्चालनमा आउन सक्ने संभावना न्यून हुन्छ।

२)    नेपालका जनप्रतिनिधिहरूले विकासको प्रमुख एजेन्डाका रूपमा आफ्नो क्षेत्रमा विमानस्थल निर्माणलाई लिएका हुन्छन्। तर, विमानस्थल निर्माणपश्चात् यसलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा भने पूर्णरूपमा अनभिज्ञ छन्। 

३)    नेपालमा निर्माण भएका धेरै विमानस्थलहरू बन्द छन् तर यसरी बन्द रहेका अधिकांश विमानस्थलहरू सडकको सञ्जालमा नजोडिएको समयमा निर्माण भएका र तत्कालीन अवस्थामा ती क्षेत्रका जीवन रेखाका रूपमा रहेको तथ्यलाई बिर्सन भने हुँदैन।  

४)    राज्यको हवाई यातायातसम्बन्धी दायित्व भनेको डाँडापाखामा आन्तरिक विमानस्थल र प्रदेशपिच्छे अन्तर्राष्ट्रिय विमानस्थल भन्ने सोचको कारण विमानस्थल निर्माणको क्षेत्रमा स्रोतको दुरुपयोगले निरन्तरता पाएको छ।

५) नेपालका स्टल अपरेसनका लागि प्रमाणीकरण भएका विमान कम्पनीहरूको संख्या अत्यन्त न्यून छ। यो सीमितताको कारण स्टल विमानस्थलको संख्या तुलनामा र ती विमानस्थलमा सञ्चालन हुने वायुयानको संख्या अत्यन्त न्यून भएको कारण सञ्चालनको संभावना भएका विमानस्थलहरूसमेत वायुयानको अभावमा सञ्चालनमा आउन सकेका छैनन्। 

(गौतम, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हुन्।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.