सिन्धुलीमा वेवारिसे भेटिएको शव स्थानीय तहले व्यवस्थापन गर्ने
सिन्धुली : सिन्धुलीको एक सामुदायिक वनमा सडेको अवस्थामा वेवारिसे शव फेला परेको छ । जिल्लाको गोलन्जोर गाउँपालिका ५ स्थित सल्लेनी सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रभित्र नाम, थर, वतन नखुलेको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।
‘तराईबासी जस्तो देखिने अन्दाजी वर्ष ५५/६० वर्षको पुरुष व्यक्तिको शव फेला परेको भन्ने खबर प्राप्त हुना साथ घटनास्थलमा प्रहरी टोली खटी गई हेर्दा सडिगली दुर्गन्धित घोप्टो अवस्थामा शव फेला पारिएको हो,’ दाहालले भने ।
प्रवक्ता दाहालका अनुसार पोष्टमार्टम समेत गर्न नसकिने अवस्थामा रहेको शवलाई स्थानीय जनप्रतिनीधिको रोहवरमा मुचुल्का लगायतका काम गरी सदगतको लागि सम्बन्धित स्थानीय तहलाई नै जिम्मा लगाएको छ ।