बारीमा कान्ला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर वृद्धको मृत्यु

बारीमा कान्ला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर वृद्धको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको फिक्कलमा माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु भएको छ ।  घर नजिकै बारीमा कान्ला खन्ने क्रममा माटोको ढिस्कोले पुर्दा फिक्कल गाउँपालिका- ५ रजे का वर्ष ७४ का मनबहादुर बुढाथोकीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहाला अनुसार शनिबार अबेरसम्म घर नफर्केपछि आफन्तले खोज्न जाँदा बुढाथोकी माटोको ढिस्कोले पुरेको अवस्थामा घटना स्थलमै मृत फेला परेको थिए ।

घरबाट अन्दाजी एक सय मिटर उत्तर तर्फ आफ्नै बारीमा मृतकको चप्पल फेला परेको र बारी माथिबाट ढिस्को समेत झरेको देखिएपछि माटो खोतल्दै गर्दा वृद्ध बुढाथोकीको शव फेला परेको हो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.