८ सय ८६ विद्यार्थीलाई एकै पटक पोशाक प्रदान
नुवाकोट : नुवाकोटको तादी गाउंपालिकामा रहेको विभिन्न ६ वटा विद्यालयमा एकैपटक ९ सय विद्यार्थीलाई पोशाक प्रदान गरिएको छ । यसबाट ग्रामीण भेगमा विद्यार्थी निकै उत्साहित भएका छन् ।
तादी गापाको पहलमा एक मावि र ५ वटा आधारभूत विद्यालयमा अध्ययनरत आठसय ८६ जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरिएको हो । गापा अध्यक्ष शन्तमान तामाङ र उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले विद्यालयमै पुगेर आयोजित कार्यक्रमकाबीच विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रयाक सुट र टिसर्ट हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीहरूलाई जाडोयाममा न्यानो बनाउन र अध्ययनप्रति जागरुक बनाउने उद्धेश्यले गापाको पहलमा उपलब्ध पोशाक सम्पूर्ण विद्यार्थीहरूलाई वितरण गरिएको हो । सुन्दरादेवी माविमा अधययनरत दुई सय ७०, नवप्रभात आधारभूत विद्यालयका ३०, ध्रुवज्योती आधारभूतका ६१, पन्चकन्या आधारभूतका एकसय ३०, चिलाउने आधारभूतका एकसय ७० र मंगलेश्वरी आधारभूतका दुई सय २५ जना गरी आठसय ८६ जना विद्यार्थीहरुलाई पोशाक प्रदान गरिएको तादी गापा उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले बताइन् ।
विद्यार्थीलाई अध्यक्ष, उपाध्यक्षसहित संस्थाका अध्यक्ष वन्दीङिमा शेर्पालगायतका पदाधिकारी तथा सम्बन्धित वडाध्यक्ष, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्राधानाध्यापकलगायतले संयुक्तरुपमामा विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् । पोशाक वितरणवाट विद्यार्थीहरु उत्साहित भएको र गापासँग निरन्तर सहकार्य गर्ने अध्यक्ष शन्तमान तामाङले बताए ।
विद्यालय पोशाक पाएपछि ग्रामीण भेगमका विद्यार्थी निकै खुसी भएका र यसलाई निरन्तरता दिइनुपर्ने उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठको भनाइ छ । पोशाक पाएका ९ सय विद्यार्थीमध्ये अधिकांश आदिवासी समुदायका हुन् ।