रैथाने बिउ संरक्षणमा स्थानीय

रैथाने बिउ संरक्षणमा स्थानीय
सुन्नुहोस्

रसुवा : आयातीत ठिमाहा (हाइब्रिड) बिउले स्थानीय विस्थापित हुँदै गएकाले रैथाने बिउको संरक्षण गर्न रसुवाका स्थानीयले चासो देखाएका छन्। बजारमा सजिलै ठिमाहा (हाइब्रिड) उपलब्ध हुन्छ। आयातीत नयाँ बिउले थोरै समयमा धेरै आम्दानी दिने भन्दै किसानले नै अनुसरण गरेकाले समस्या हुन थालेको हो। 

बजारमा आधुनिक हाइब्रिड बिउ बढेकाले परम्परागत बिउका लागि जलवायु परिवर्तनको असर देखा पर्न लागेको किसान बताउँछन्। कृषक पूर्णप्रसाद पौडेल भन्छन्, ‘रैथाने बिउ लोप हुनबाट जोगाउनु आवश्यक छ नत्र भोकै पर्ने सम्भावना बढ्छ।’  

आजभोलि खेतीपातीमा हावाहुरीले क्षति पुर्‍याउने, पानी नपर्ने, खडेरी लाग्ने हुन थालेको छ। बाली लगाउने समयमा परिवर्तन, बिउ जोगाउन कठिन हुने गरेको छ। किसानहरूले तत्कालका फाइदामा लागेर चाँडो र धेरै फाइदा लिने चाहना बढ्दै जानु, पानीका मुहानहरू सुक्दै जानु, सिँचाइको अभाव, सहुलियतमा संघसंस्थाले हाइब्रिड बिउ भित्र्याउनेजस्ता कारण रैथाने बिउ मासिँदै गएको स्थानीय बताउँछन्।  

मालभोग, कालोकाठे, भुन्टे मसिनोजस्ता जातको धान १५÷२० वर्षअघि मजाले फल्थ्यो। त्यसबेला दुई पाथी बिउले पाँच मुरी फलाइथ्यो। अहिले २२३३, शंकर जातको हाइब्रिड धान लगाउँदा १२ मुरी फल्यो। त्यही जमिनमा उही समयमा २० क्विन्टल आलु फल्यो। अहिले तत्कालको फाइदामा धेरै लिनका लागि रैथाने बिउ प्रयोग गर्न छाडेको कालिका गाउँपालिका–३ का किसान खुवाप्रसाद न्यौपाने सुनाउँछन्। 

‘अन्तत विदेशबाट बिउ आउन छाडेमा भोकै पर्ने खतरा देखिन्छ,’ उनी भन्छन्, ‘कोदो किराले नखाने भएकाले मकै र कोदो मिसाएर राख्ने गरिन्थ्यो। राम्रो र सक्कली खालको बिउहरू घाममा राम्ररी सुकाएर छुट्टै भकारी वा बोरामा राख्ने गरिन्थ्यो।’ कसैले बिउ जोगाउन गाग्रो, मधुस, ठेकी, भुड्का, सफा कपडामा पोको पारी राख्ने चलन थियो। उनी थप्छन्, ‘अहिले चिल्लो पाकेटमा सजिएर आउने बिउले लोभ्याएपछि रैथाने बिउ मासिँदै गएको हो।’ 

भूमण्डलमा तापक्रम वृद्धि हुनु, लेकमा हुने प्रजातिका बिरुवा बेसीमा देखा पर्नु वा लोप हुनु, विषयवस्तु प्रत्यक्षरूपमा जलवायु परिवर्तनसँग सम्बन्धित खण्डवृष्टि, अतिवृष्टि र अनावृष्टि हुनु जलवायु परिवर्तनका समस्याका लक्षणहरू देखिएको जिवजिवेका अगुवा कृषक भवनाथ पौडेलले सुनाउँछन्। पौडेल थप्छन्, ‘सुरुमा थोरै बिउ भए पुग्ने भन्दै बजारमा आउने चिल्ला पाकेटमा लोभिए। अहिले पछुताउन थालिसके।’ 

प्रदेश तथा स्थानीय तहले पनि आगामी योजना बनाउनसमेत अगुवा कृषकले सुझाव दिएका छन्। अर्का अगुवा किसान रत्नप्रसाद पौडेलले भने, ‘रैथाने बिउ जोगाउन नलागे नयाँ पुस्ताले त्यसको स्वाद त परै जाओस् नाममा सीमित हुन्छ।’ लामो खडेरीले जिल्लाभर मकैको बिउ मासिएर नुवाकोटको पीपलटार पुगेर ल्याएको ८५ वर्षीय खेमराज देवकोटा सुनाउँछन्। उनी भन्छन्, ‘पहिले छुट्टै धानको बाला टिपेर बिउ सुरक्षित गरेर मात्र जोगिन्छ, बिउप्रति ख्याल ख्याल गर्नै हुन्न।’ 

आयातीत हाइब्रिड बिउ प्रयोग गरेर थोरै जमिन, थोरै लगानी र श्रममा बढी उत्पादन गर्नाले बिउमा परनिर्भरता बढेको, कृषि उत्पादन ठप्प हुन सक्नेप्रति चासो र चिन्ता लिएका छन्। चिल्लो, फुस्रो, कालोमास, मुगी मस्याङ कात्तिके, गाजले र मकै बोडीका बिउ मासिँदै गएको, गगतकालो र खैरो मुसुरो खेसरी मादले, डल्ले, जाँते फर्सी, सेतो, मकै सिमी, ताम्रा सिमी, लेकाली छिर्बिरे र सेतो सिमीहरू पनि लोप हुँदै जान थालेकोले पुराना 
बिउ जोगाउनुपर्ने कालिका गाउँपालिका–३ कटुन्जेका किसान तुलसीप्रसाद खतिवडाले सुनाउँछन्। स्वाद र गुणस्तरका लागि पहिलेका बिउको उत्पादन हितकर रहेको कृषि प्राविधिक संगीता राईले बताइन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.