बर्दिबासका ५३ जनालाई लालपुर्जा वितरण
महोत्तरी : महोत्तरीको बर्दिबासमा ५३ जना सुकुम्वासीलाई जग्गाधनीको प्रमाणपु्र्जी (लालपुर्जा) वितरण गरिएको छ।
सोमबार बर्दिबास नगरपालिकाले वडा नम्बर २ का ५३ घरपरिवारलाई जनही १ कट्ठाका दरले लालपुर्जा वितरण गरिएको हो।
भूमि व्यवस्थापन कार्यालयसँग समन्वय गरी नगरमा रहेका अवस्थित बसोबासलाई व्यवस्थित बनाउने गरी सो जग्गा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए।
बर्दिबास जिल्लामै पहिलोपटक यस कार्यमा सफलता पाइएकाले आगामी दिनमा नगरभरिका यस्ता सुकुम्वासीलाई जग्गा प्रदान गरिने तयारी भइरहेको तिवारीले बताए।