जिल्ला अस्पताल बाजुरामा फिजियो थेरापी
बाजुरा : जिल्ला अस्पताल बाजुरामा फिजियो थेरापी सञ्चालनमा आएको छ। फिजियो थेरापी स्थापनापछि आर्थिक अवस्था कमजोर भएर उपचारबाट बन्चित नागरिकलाई सहज हुने भएको छ।
फिजियो थेरापी सेन्टरमा मेरुदण्ड भाँचिएका, गर्धन तथा कम्मरको नशा च्यापिएको, पक्षघात, मष्तिष्क पक्षघात, पार्किन्सन रोग, बाथ रोगको विशेष उपचार आजदेखि सुरु गरिएको छ।
विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्श, दुःखाई निर्मूल उपचार, हाडजोर्नी, नशा, मनोरोग, मधुमेह, थाइराइड, स्नायु, नाक, कान घाँटीलगायतको उपचार गरिने जिल्ला अस्पताल बाजुराका प्रमुख समिता पुनले बताइन्।