काटियो हुलासको लाइन
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ। प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टिलको विद्युत् लाइन सोमबार बिहान काटेको हो।
उद्योगको नाममा मंसिरसम्मको ठूलो रकम बक्यौता छ। प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटिसकेको छ । यसमध्ये हिमाल स्टिलले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यसबापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको छ ।
बक्यौता नतिर्ने कम्पनीको लाइन काट्दै जाने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए। पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ उद्योग र त्यसपछि ५ उद्योगको लाइन काटिएको छ।