जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो

राहत वितरणलाई अझै सहज बनाउन सकिएन

जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो
फाइल तस्बिर।

टोकियो : जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ ।

मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको साथै भूकम्प र यसबाट निम्तिएका दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ भने १०३ जना अझै हराइरहेका अधिकारीहरूले बताएका छन् ।

सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारण त्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् । 

पछिल्लो दुई दिनयता यस क्षेत्रमा हिउँ परेको छ र केही क्षेत्रमा रातभर १० सेन्टिमिटर (चार इन्च) भन्दा बढी पानी परेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.