वन्यजन्तुको चोरीसिकारीमा संलग्न एक जना पक्राउ

वन्यजन्तुको चोरीसिकारीमा संलग्न एक जना पक्राउ
वन्यजन्तुको चोरीसिकारी गरेको आरोपमा पक्राउ परेका टंक माखिम।
सुन्नुहोस्

विराटनगर : मोरङको बेलबारीबाट वन्यजन्तुको चोरीसिकारीमा संलग्न एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लेटाङ नगरपालिका–३ कृतिमानका ५५ वर्षीय टंक माखिम (लिम्बू) रहेका छन्। माखिमलाई बेलबारी नगरपालिका–१० स्थित बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

वन समूहको गस्ती टोलीले नियन्त्रणमा लिएर उनलाई प्रहरीको जिम्मा लगाएको हो। पक्राउ परेकाको साथबाट भरुवा बन्दुकको केप, फलामको छर्रा, २ सय ५० ग्रामजति बारुद, लाइटर, टर्च लाइट, खुकुरी, झोलालगायतका सामान बरामद भएको प्रहरीको भनाइ छ। 

प्रहरीका अनुसार माखिमसँगै वन्यजन्तुको चोरीसिकारीमा संलग्न अन्य केही व्यक्तिहरु फरार भएकाले खोजी तीव्र पारिएको छ। ‘वन्यजन्तुको चोरीसिकारी गर्ने समूहका व्यक्ति पक्राउ परेका छन्। सँगै भएका अन्य फरार भए,’ प्रहरी स्रोतले भन्यो, ‘फरार भएकाको खोजी भइरहेको छ। यस विषयमा थप अनुसन्धान अघि बढाइएको छ।’

यस विषयमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको हो। माखिमविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरअन्तर्गत खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.