रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो

रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो
सुन्नुहोस्

रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७-८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ। 

उक्त घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।

संघीय हवाई यातायात एजेन्सीले जनाए अनुसार सो विमान बिहान १०:०० बजे  अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको  थियो। उक्त विमानमा चालक दलका आठ सदस्य र १६८ जना यात्रुसहित १७६ जना सवार थिए। यस विषयमा अनुसन्धान जारी छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.