रनिङ शिल्डमा सहभागी खेलाडीमाथि धारिलो हतियार प्रहार,६ जना पक्राउ
बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिमा जारी पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीमाथि धारिलो हतियार प्रहार भएको छ ।
दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबार साँझ एक समूहले केदार मावि,पिपलकोटका खेलाडी समेत रहेका विद्यार्थी १७ वर्षीय विशाल कार्कीमाथि धारिलो हतियार प्रहार गरेको हो।
घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र अदालतमा मुद्धा चलाई म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख,नन्दराज जोशीले जानकारी दिए ।
दोगडाकेदार गाउँपालिकामा आइतबारदेखि पालिकासतरीय रनिङ शिल्ड जारी छ ।