बबई नदीमा पुल पुनर्निर्माणको माग गर्दै आन्दोलन

बबई नदीमा पुल पुनर्निर्माणको माग गर्दै आन्दोलन
सुन्नुहोस्

गुलरिया : बबई नदीमा पुल पुनर्निर्माणको माग गर्दै आन्दोलन आन्दोलन सुरु भएको छ। बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग जोड्ने बबई नदीको जब्दीघाटमा क्षतिग्रस्त पक्कीपुल पुनर्निर्माणको मागगर्दै बर्दियाको गुलरियामा आन्दोलन सुरु भएको हो।

जब्दीघाट पुल पुर्ननिर्माण जनअभियान बारबर्दियाले एक र्‍यालीसहित सरकारलाई तत्काल पुल निर्माणको थालनी गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत ज्ञापनपत्र बुझाएको छ।

अभियानका संयोजक एवम् सामाजिक अभियन्ता दिनेशप्रसाद श्रेष्ठको नेतृत्वमा जिल्ला समन्वय समिति बर्दियाको कार्यालयबाट निकालिएको र्‍यालीले राधाकृष्ण चोक परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियाको मूल गेटमा कोणसभा गरेको छ। 

पप्पु कन्ट्रक्सनले निर्माण गरेको पुल बबई नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो। पुलमा व्यापक भ्रष्टाचार भएको भन्दै निर्माण कम्पनी लगायत कर्मचारीहरू उपर अख्तियारमा मुद्दा परेको थियो। अख्तियारले दोषीहरू ठेकेदार लगायत कर्मचारी उपर कमसल भएका कारण पुल भत्किएको भन्दै विगोसहितको जरिवाना समेत तोकेको थियो। 

पुल भत्किँदा सवारी साधन लगायत मानिसको आवागमन ठप्प छ। पुल नभएका कारण सुत्केरी, बिरामी, विद्यार्थी, किसान लगायत सो क्षेत्रका हजारौं स्थानीय प्रभावित बनेका छन्। आफूहरूको माग सुनुवाइ नभए कडा आन्दोलनमा उत्रने अभियन्ता श्रेष्ठले चेतावनी दिए।

ज्ञापनपत्र बुझ्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले तत्काल सम्बन्धित निकायमा ज्ञापनपत्र पठाइदिने प्रतिवद्धता व्यक्त गरे। जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने जब्दीघाट पुल अत्यावस्यक रहेकाले निर्माणका लागि सरकारसँग आफूले पनि पहल गर्ने उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.