उत्तरप्रदेशमा कोइला बालेको ठाउँमा निसास्सिएर ५ बालबालिकाको मृत्यु
नयाँ दिल्ली : भारतको उत्तर प्रदेशको अमरोहा जिल्लाको एउटा गाउँमा निसास्सिएर ५ बालबालिकाको मृत्यु भएको छ ।
अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीका अनुसार, 'यो घटना अमरोहा जिल्लाको ढाका गाउँमा भएको हो। कोठामा कोइला बालेर खाना पकाइएको थियो। सोही कोठामा सात जना सुतिरहेका थिए।'
२ जना घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ। बीबीसी