भिमादमा बलेरो जीप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते
दमौली : पोखराबाट रामपुरतर्फ जाँदै जीप बुधबार भिमाद नगरपालिका- ३ बराली थुम्कामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज बिहान साँढे ९ बजे ग १ ज ६३५६ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिए।
मृतकको पहिचान हुन नसकेको उनले बताए। उनका अनुसार दुर्घटनामा जीपमा यात्रारत दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य ९ जना घाइते छन्।
घाइते मध्ये ४ जनालाई उपचारका लागि पोखरा लगिएको छ भने ५ जनाको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।दुर्घटनाग्रस्त जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ। जीपका चालकलाई प्रहरीले नियन्त्रणमा छन्। घटनाको विषयमा अनुसन्धान भइरहेको ट्राफिक प्रमुख पौडेलले जानकारी दिए।