आर्थिक अभावका कारण सोममायाले पाइनन् उपचार

आर्थिक अभावका कारण सोममायाले पाइनन् उपचार
सुन्नुहोस्

स्याङ्जा : भर्खरको कलकलाउँदो उमेर छ। खेल्ने कुद्ने उमेरमा मानसिक सन्तुलन गुमेको छ। आर्थिक अवस्था कमजोर भएका कारण राम्रो उपचार गर्न नसकिएको पारिवारले जानकारी दिएको छ। 

भर्खर २३ वर्ष टेकेकी सोममाया विगत ३ वर्षदेखि मानसिक सन्तुलन गुमाएको उनका बहिनी माया रानाले बताइन्। चार वर्षअघि आफूले मन पराएको केटासँगै दिदीको बिहे भएको र त्यसपछि क्रमशः उनमा फरकपना देखिन थालेको माया रानाले बताइन्। उनीहरूका एक छोरी छन्।

'सुरुमा भेनाले पनि उपचार गर्नुभयो। पछि छोरीसहित दिदीलाई पनि माइतै ल्याएर छाड्नुभो। एक/डेढ वर्षदेखि दिदी माइतमै हुनुहुन्छ। अहिले भेना सम्पर्कमा आउनुहुन्न,' बहिनी मायाले भनिन्। 

 
स्याङ्जाको बिरुवा गाउँपालिकाको चिन्नेबासमा जन्मिएका सोममायाले छिमेकी जिल्ला तनहुँमा विहे गरेकी हुन्। तीन दिदीबहिनी मात्र रहेको परिवारमा माइततर्फका बाबा ८० वर्षका वृद्ध छन्। आमा अपांग हुन्। उनको बोली नबुझिने बताइएको छ। परिवारको आर्थिक अवस्था निकै दयनीय रहेकाले उपचारमा समेत कठिनाई भएको समाजसेवी एवं छिमेकी मोहन थापाले जानकारी दिए। 

सोममाया जेठी छोरी हुन्। कान्छी बहिनीले अघिल्लो वर्ष आत्महत्या गरेको बुझिएको छ। माइली बहिनी माया राना आफन्तको घरमा बसेर अध्ययन गरिरहेकी छन्। 

सोममायाका उपचारका लागि खर्चिने रकम परिवारसँग छैन। बिहान र साँझको हातमुख जोड्न पनि समस्या रहेको सो परिवारले सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गराउन सक्दैन। गाउँघरमा गरिएका स-साना उपचारले उनलाई निको हुँदैन। सबैले सहयोग गरेमा उनको अवस्था पहिलाको जस्तै फर्केर आउनसकिने विरुवा गाउँपालिकाका समाजसेवी डोलराज पोखरेलले बताए। 
  
मानसिक सन्तुलन गुमेकै कारण दक्षिण पश्चिम विरुवाका सोममाया मंगलबार (हिजो) प्रहरीले उत्तरतर्फको आँधीखोला गाउँपालिकाको पनि उत्तरी भेग सेपतमा भेटिएको सूचना सार्वजनिक गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.