विराटनगरलाई पेनाल्टीमा हराउँदै विराटचोकले जित्यो भेट्रान कपको उपाधि

विराटनगरलाई पेनाल्टीमा हराउँदै विराटचोकले जित्यो भेट्रान कपको उपाधि
सुन्नुहोस्

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा सम्पन्न प्रथम संस्करणको ग्रामथान भेट्रान फुटबल प्रतियोगिताको उपाधि विराटचोक भेट्रान क्लबले जितेको छ। बुधबार भएको फाइनल खेलमा विराटनगरको मिल्स भेट्रान क्लबलाई पेनाल्टी सुटआउटमा ६–५ गोलान्तरले हराउँदै विराटचोकले उपाधि जितेको हो। 

उपाधिसँगै विराटचोकले ५० लाख ५५५ रुपैयाँ नगद राशि हात पार्‍यो। उपविजेतामा सीमित बनेको विराटनगरले ३० हजार ५५५ रुपैयाँमा चित्त बुझायो। दुवै टोलीलाई प्रतिनिधिसभा सदस्य अमनलाल मोदी तथा प्रदेशसभा सदस्य प्रकाश चौधरीले पुरस्कार प्रदान गरेका थिए। 

ग्रामथान–३ सिद्राहास्थित वाणी माविको मैदानमा भएको खेलको निर्धारित समय दुवै टोलीले गोलरहित बराबरी खेले। त्यसपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा विराटचोकले बाजी मारेको हो। 

त्यसअघि विराटचोकले धरान भेट्रान क्लबलाई हराएको थियो भने विराटनगरले इटहरी भेट्रान क्लबलाई हराएर अन्तिम दुईमा स्थान बनाएको थियो। स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित पुस १४ गतेदेखि उक्त प्रतियोगिता सुरु भएको थियो। ग्रामथान गाउँपालिकाको सहयोग तथा जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुललगायत १७ सङ्घ–संस्थाको प्रायोजनमा फुटबल प्रतियोगिता आयोजना भएको थियो।

प्रतियोगितामा युनाइटेड भेट्रान क्बल, विराटचोक भेट्रान क्लब, जाँते भेट्रान क्लब, धरान भेट्रान क्लब, दुहबी भेट्रान क्लब, मिल्स भेट्रान क्बल, इटहरीको जनता भेट्रान क्लब, विराट मेगा भेट्रान क्लब, जनता भेट्रान क्लब, ग्रामथान भेट्रान क्लब र गछिया भेट्रान क्लब सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.