मधेस प्रदेश स्तरीय  प्रधानमन्त्री कप क्रिकेटको उपाधि पर्सालाई

मधेस प्रदेश स्तरीय  प्रधानमन्त्री कप क्रिकेटको उपाधि पर्सालाई
सुन्नुहोस्

वीरगन्ज : मधेस प्रदेश स्तरीय  प्रधानमन्त्री कप छनौट क्रिकेट प्रतियोगिताको उपाधि पर्साले जितेको छ। वीरगन्जस्थित नारायणी रंगशालाको क्रिकेट म‌ैदानमा बुधबार भएको फाइनल खेलमा बारालाई १५ रनले स्तब्ध पार्दै पर्साले उपाधि उचालेको हो ।

पर्साले दिएको १३३ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको बाराले निर्धारित २३ ओभरमा ६ विकेट गुमाँउदै ११७ रनमात्र बनाएपछि  उपाधि पर्साको पोल्टामा गयो। बाराका लागि ५८ बलमा अविजित ४७ रन बनाए। उसका अन्य व्याटरहरुले उल्लेख रन जोड्न सकेनन्। बलिङतर्फ पर्साका सोनु शर्मा एक्लैले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको पर्साले निर्धारित २३ ओभरमा ९ विकेट गुमाएर १३२ रनको योगफल तयार पारेको थियो।उसका लागि हासिम अन्सारीले सर्वाधिक २६ बलमा २८ रनको योगदान दिएका थिए।बलिङतर्फ बाराका अनिल कुमार साह एक्लैले ५ विकेट लिएका थिए ।


आसन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि मधेस प्रदेशको टिम छनौट गर्न भएको यस प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका क्रिकेट टिमले भाग लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.