वीपीन जोशी सुरक्षित रहेको दावी

नेपाल-भारत सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ : परराष्ट्रमन्त्री

नेपाल-भारत सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ : परराष्ट्रमन्त्री
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डडेल्धुरा : परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुप (समूह)ले काम गरिरहेको बताएका छन् । सुदुरपश्चिम भ्रमणका क्रममा डडेल्धुरा पुगेका परराष्टमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मन्त्री साउदले शुक्रबार नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले गरेको पत्रकार सम्मेलनमा कालापानी,लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको दावी गरे।

उनले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताए । ‘कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ । यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको देखिन्छ । यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ समूहले काम गरिरहेको छ । सहमतिका आधारमा सीमा विवादको काम समाधान हुन्छ,'उनले भने।

उनले नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनकाबारे पूर्णरूपमा सजग रहेको र सीमा समस्या वार्ता,छलफल र कूटनितिक पहलबाट टुंग्याउने प्रयास भइरहेको जनाए । यसका साथै मन्त्री साउदले भारतका विदेशमन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक,महत्वपूर्ण र फलदायी भएको दाबी गरे । उनले भारतलाई १० हजार मेघावाट विद्यतु बिक्री गर्ने, पञ्चेश्वर सुरु गर्ने, जाजरकोट भूकम्पपीडितलाई १० अर्ब बराबरको भारतीय अनुदान ल्याउने लगायतका हामीबीच सम्झौता भएको खुलस्त पारे। 

मन्त्री साउदले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको ब्रेक थ्रु हुने विन्दुमा पुगिसकेको जनाए । उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फाइनल गर्ने काम अन्तिम चरणमा पुगेको र केही दिनमै सार्वजनिक गरिने जनाए ।

पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमबासीका लागि मात्रै नभई सिंगो नेपालकै लागि फाइदाजनक भएको उनको तर्क थियो। पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पुर्‍याउने मन्त्री साउदले विश्वास व्यक्त गरे । उनले पञ्चेश्वर,पश्चिम सेती,अरुण तेस्रो र अपर कर्णाली विद्युत् परियोजन अगाडि बनाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या घट्ने बताए ।

वीपीन जोशीको रिहाइका लागि प्रयासरत छौँ

मन्त्री साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका वीपीन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्। ‘वीपीनको रिहाइका लागि पटक–पटक हामीले इजरायल सरकारसँग पनि आग्रह गरेका छौँ,’उनले भने, ‘मैलेल कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।’

उनले दोस्रो युद्ध विरामका बेला वीपीनको रिहाइ हुने विश्वास व्यक्त गरे । ‘कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा वीपीन सकुशल फर्किने अपेक्षा छ,’ उनले भने, ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब वीपीनको रिहाइ हुनेमा आशावादी छौँ। वीपीन सुरक्षित छन्। उनी चाँडै रिहा हुनेछन् ।’

यसका साथै मन्त्री साउदले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारे। उनले विद्यार्थी भिसा र भिजिट भिसालगायतमा रुस पुगेकाहरू त्यहाँको सेनामा भर्ती भएको बताए। उनले रुसमा अहिलेसम्म १० जना नेपालीको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र आठवटा शव अहिले त्यहाँको शवगृहमा राखिएको जानकारी दिए ।

शव नेपाल ल्याउनका लागि कुटनीतिक पहल भइरहेको उनको भनाइ छ । उनले भने,‘त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्यह त्यहाँ पुगेको र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.