गोरुसिंगे सन्धिखर्क सडक खण्डको विस्तार हुँदै

गोरुसिंगे सन्धिखर्क सडक खण्डको विस्तार हुँदै
सुन्नुहोस्

अर्घाखाँची : पूर्व पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिंगे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्र गतिमा अघि बढेको छ। साघुँरो सडक, खाल्टा खुल्टीका कारण र पुरानो पिच भएका कारण जीर्ण बनेको गोरुसिंगे सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्रे गर्ने गरी काम अगाडि बढेको छ। 

गोरुसिंगेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर छ। गोरुसिंगेबाट पिरापानीसम्म झण्डै १५ किलोमिटर सडक विस्तार तथा मर्मतको कार्य सम्पन्न भएको छ। बाँकी रहेको सडकमा ५ वटा निर्माण कम्पनीले मर्मत तथा सडक विस्तार र निर्माणको कार्य गरिरहेको शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताए। 

यस आर्थिक वर्षको अन्त्यसम्ममा झण्डै १८ किलोमिटर सडकमा नयाँ पिच हुने भएको छ। सडक निर्माण तथा विस्तारको काम समयमै सम्पन्न गर्नका लागि सडकलाई खण्ड, खण्ड गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको छ। 

नरपानीदेखि घुम्तीसम्मको सडकमा झण्डै ५ किलोमिटरमा नाली निर्माण तथा कालोपत्रेको काम सिद्धार्थ सुदर्शन विल्डर्सले गरिरहेको छ। घुम्तीदेखि फुद्बांग सडकमा अम्मर लेकाली जेभीले काम गरेको छ। जस अनुसार पनि झण्डै ५ किमी बाटो सम्पन्न हुनेछ। 

फुद्बांग सन्धिखर्क सडकमा इन्द्र निर्माण कम्पनीले सडक विस्तार तथा मर्मतको काम गरेको छ। यसले झण्डै ४ किमी सडकमा नाली तथा पिचको काम सम्पन्न गर्नेछ। हिलेखोलादेखि पत्थरकोटसम्म खनाल निर्माण सेवाले कालोपत्रे तथा नालीको काम गरिरहेको छ। पिरापानीदेखि नरपानीसम्म श्रीकृष्ण कमल निर्माण सेवाले स्टकचर, सेलेभ निर्माण तथा पिचको काम गरिरहेको छ। 

७ किलोमिटर सडक निर्माण गरी दुइतर्फी सवारी साधनहरू विना रोकतोक सञ्चालन हुने गरी सडक निर्माण कार्य भइरहेको इन्जिनीयर पाण्डेको भनाइ छ। यस वर्ष झण्डै ३३ करोडको सडक निर्माण कार्यको काम भइरहेको छ। तर निर्माण व्यवसायीले घटिघटाउमा यो भन्दा कम लागतमा सडक निर्माणको सम्झौता गरी सडक निर्माण कार्य भइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.