रसुवा भन्सारले उठायो साढे आठ अर्ब राजस्व
रसुवा : रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ५ महिनामा करिब साढे ८ अर्ब राजस्व संकलन गरेको छ।
कार्यालयले साउनदेखि मंसिर मसान्तसम्म आठ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ संकलन गरेको हो। चालु आर्थिक वर्षमा कार्यालयले २० अर्ब ९९ करोड ६४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ।
रसुवागढी नाकाबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजना, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।
२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकाबाट दैनिक ३/४ सय भन्दा बढी ट्रक कन्टेनर समेत आवतजावत गर्ने गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
८