आत्महत्या न्यूनीकरण सम्बन्धी श्रव्यदृष्य सामग्री तयार

आत्महत्या न्यूनीकरण सम्बन्धी श्रव्यदृष्य सामग्री तयार
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बढ्दो आत्महत्या न्यूनीकरणका लागि जनचेतनामूलक श्रव्यदृष्य सामग्री तयार पारेको छ। 

आत्महत्या न्यूनीकरण गर्ने उद्देश्य साथ विराट शिक्षण अस्पताल एवं टिचिङ हस्पिटलसँगको सहकार्यमा ‘सिर्जना’ नाम दिएर जनचेतनामूलक श्रव्यदृष्य सामग्री तयार पारिएको हो। विराटका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की र कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले एक कार्यक्रमबीच शुक्रबार संयुक्त रूपमा ‘सिर्जना’को विमोचन गरेका हुन्। 

जनचेतनामूलक श्रव्यदृष्य सामग्री ‘सिर्जना’ले सामाजमा सचेतना प्रवाह गरी डिप्रेशन र आत्महत्या न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विमोचन कार्यक्रममा डा. कार्कीले सचेतना फैलाएर ‘सिर्जना’ले समाजमा बढ्दो आत्महत्या न्यूनीकरणमा सहयोग पुर्‍याउने बताए। ‘पहिलो कुरा त, जनताको सेवामा अहोरात्र खटिने प्रहरी र उनका परिवार स्वस्थ्य हुनुपर्छ। त्यसपछि मात्रै प्रहरीले प्रभावकारी सेवा उपलब्ध गराउन सक्छ,’ उनले भने, ‘पछिल्लो समय आत्महत्या बढ्दो छ। त्यसको रोकथामका लागि ‘सिर्जना’ले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।’ 

कार्कीले प्रहरी कर्मचारीको उपचारमा विराट शिक्षण अस्पताल जुनसुकै सहयोग गर्न तयार रहेको जानकारी पनि दिए। डीआईजी बास्तोलाले कोशी प्रदेशमा आत्महत्याको दर उच्च भएसँगै त्यसको न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको बताए। 

उनका अनुसार आत्महत्याविरुद्धको श्रव्यदृष्य सामग्रीलाई जनचेतनाका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समुदाय र टोल–टोलमा प्रदर्शन गरिने छ। ‘सिर्जना’को विमोचन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी राजन अधिकारी, प्रदेश प्रहरी कार्यालयका एसएसपी जयराज सापकोटालगायतका प्रहरी अधिकारीको उपस्थिति थियो। उक्त श्रव्यदृष्य सामग्री प्रदेश प्रहरी कार्यालयको फेसबुक पेजमा पनि राखिएको डीआईजी बास्तोलाले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.