झापामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
सुन्नुहोस्

झापा :  झापा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका-५ निवासी ३२ वर्षीय गुणा राजवंशीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

झापा-६ फुलगाछी चोकदेखि पूर्व राधाबस्ती जाने सडक खण्डमा शुक्रबार साँझ ५:५० बजेको समयमा बा ४६ प २१०२ नम्बरको मोटरसाइकलले साइकल यात्री राजवंशीलाई ठक्कर दिएको थियो। 

घाइते राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। यता ठक्कर दिने मोटरसाइकल र चालक ललितपुर सातदोबाटो निवासी दीपक शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शंकर दाजुको घरमा पाहुना आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.