नारायणी रंगशालामा कांग्रेसको चासो

नारायणी रंगशालामा कांग्रेसको चासो
फाइल तस्बिर।
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जस्थित नेपालकै दोस्रो ठूलो नारायणी रंगशालाको जीर्णोद्धार र स्तरोन्नतीका लागि सरकारसँग पहल गर्न माग गर्दै स्थानीय कांग्रेस नेताले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवालाई आग्रह गरेका छन्। नेपाली कांग्रेस वीरगन्ज महानगरका नेताकार्यकर्ताहरूले सभापति देउवालाई भेटेर नारायणी रंगशालाको जीर्णोद्धार र स्तरोन्नतिका लागि पहल गरिदिन आग्रह गरेका हुन्। देउवानिवासमै पुगेर कांग्रेस महानगर समितिका सभापति मणिन्द्रलाल श्रेष्ठ नेपालीले देउवालाई ज्ञापनपत्रसमेत बुझाएका थिए।

देउवालाई बुझाएको ज्ञापनपत्रमा वीरगन्जको साझा धरोहरका रुपमा रहेको देशकै दोस्रो ठूलो नारायणी रंगशाला मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गए पनि संघीय र प्रदेश सरकारले चासो नदिएको कांग्रेसले जनाएको छ। विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेर थुप्रै राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको इतिहास बोकेको नारायणी रंगशालालाई संघीय सरकारको राष्ट्रिय गौरवको योजनामा समावेश गरेर जीर्ण रंगशालाको मर्मतसम्भार गरी स्तरोन्नती गर्न पनि कांग्रेसले देउवासँग माग गरेको कांग्रेस वीरगन्ज महानगर सभापति नेपालीले जानकारी दिए।

२०४२ सालमै वीरगन्जबासीको आफ्नै सहयोगमा निर्मित नारायणी रंगशाला वीरगन्जको मात्रै नभई समग्र देशभरकै खेलकुद क्षेत्रका लागि ऐतिहासिक धरोहर भएकाले यसको संरक्षण र स्तरोन्नति गर्नु सरकारको दायित्व भएकाले त्यसका लागि सरकारसँग पहल गरिदिन सभापति देउवासँग आग्रह गरिएको कांग्रेस महानगर उपसभापति सन्तोष गुप्ताले बताए।

ज्ञापनपत्र बुझ्दै कांग्रेस सभापति देउवाले नारायणी रंगशालाको जीर्णाेद्धार र स्तरोन्नतिका लागि आफूले प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग आग्रह गर्ने आश्वासन दिएको महानगर उपसभापति गुप्ताले जानकारी दिए। यसैगरी कांग्रेस उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङलाई पनि मन्त्रालयमा भेटेर नारायणी रंगशालाको जीर्णोद्धार र स्तरोन्नतीको माग गर्दै ज्ञापनपत्र बुझाएको गुप्ताले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.