निमोठिएका कोपिलाहरू म देख्न सक्दिनँ
धर्तीमा धुवाँधुलो म देख्न सक्दिनँ।
प्रकृतिको सुन्दर शान्त काखमा खुल्नु छ
सुसेली गाउँदै पखेरा अनि पाखामा भुल्नु छ
इन्द्रेणी रङमा धर्तीको माटो काँचुली फेर्नु छ
खण्डहर मरुभूमिमा पूmल फुलेको हेर्नु छ।
अँगालो हाली प्रकृतिलाई म गीत लेखुँ कि
हिमाल, पहाड, तराईलाई एकैसाथ देखुँ कि
अलिखित हाम्रो इतिहास लेखी अध्याय थप्नेछु
यो जन्मभूमि नेपाल मेरो सधैं म जप्नेछु।
- राधा कार्की