सपनीमा धाउनुभन्दा बिपनीमा आए राम्रो
लुकीलुकी झ्यालबाट मुस्कानहरू पस्किनेले
मनको कुरा नखोलेर पछुताउनु किन पछि
अजम्बरी बनाई नाता आजैदेखि रमाए राम्रो
लाज किन साडी पोते सिन्दूरमा सजिनलाई
औँठी, पाउजु घडी चुरा सबको नापो पाए राम्रो
दोधारमा अझै किन मनले हुन्छ भनेपछि
समाजलाई साक्षी राखी मेरो हात समाए राम्रो
- प्रभु ढकाल