लाग्न सक्छ, ‘नलेखिएको पुस्तक’ पनि कहीँ हुन्छ ? कस्तो नाम राखेको होला ? प्रश्नले मन–मस्तिष्कमा काउकुती लगाएको पनि होला।
नलेखिएको पुस्तक उद्धवप्रसाद प्याकुरेलको उपन्यास हो। उपन्यास भनिए पनि यसभित्र शिक्षाप्रद बालमनोवैज्ञानिक दर्शनको महासागर भेटिन्छ। ३२ वटा उपशीर्षकरूपी सिपीहरू छन्। अनि छन्, सिपीभित्र रहेका मोतीका दानाहरू। जसले घर र विद्यालयमा बालबालिकालाई कसरी पढाउने, कसरी सिकाउने भन्ने विषय पनि। यो किन पनि आवश्यक छ भने बालबालिकालाई हिजो शिक्षा प्रदान गर्ने तरिका र आजको अध्यापन गराउने तरिकामा आकाश–जमिन फरक छ।
लाग्न सक्छ, ‘नलेखिएको पुस्तक’ पनि कहीँ हुन्छ ? कस्तो नाम राखेको होला ? प्रश्नले मन–मस्तिष्कमा काउकुती लगाएको पनि होला। पुस्तक भनेको त लेखेकोलाई मात्र भन्ने गरिन्छ हैन र ? तर पुस्तकले जीवन, परिवार र समाजको सेरोफेरोभित्र नलेखिएका तर छ्यापछ्याप्ती भेटिने विषयलाई समेटेको छ। मनोरम प्रवृmति पनि एउटा सशक्त तर नलेखिएको पुस्तक हो नि। लामो समयसम्म शिक्षण पेसामा जीवन समर्मित गरेका प्याकुरेलले त्यस समयभित्र आपूmले अनुभव गरेका र भोगेका विषयलाई उपहारस्वरूप प्रस्तुत गरेका हुन्। उपन्यासभित्र सिकाइ र पढाइलाई व्यावहारिक रूपमा विशेष महत्त्व दिइएको छ। जहाँ बालबालिकाको मनोविज्ञानका भावहरूलाई सूक्ष्मरूपमा अध्ययन गरिएको छ।
उपन्यासको थालनी यात्राबाट हुन्छ। बसमा एउटै सिटमा बस्न आइपुगेका दुई अपरिचित यात्री प्रभात र किरणबीचको सद्भाव नै रोचक छ। दुवैको यात्रा लामो गन्तव्यमा पुग्नु पर्नेछ। दुवै शिक्षा क्षेत्रमा क्रियाशील रहेकाले पनि मनभित्रका विचार र सद्भावका भावना उजागर हुन्छन्। बसमा रातभर यात्रा गर्दा प्रभातले किरणलाई आफ्नो अनुभवका आधारमा आजको शैक्षिक अवस्थालाई वरिपरि रहेका तर नलेखिएका पुस्तकहरूबाट सिकाउन र बुझाउन सकिन्छ भन्ने बलिया आधारहरू प्रस्तुत गर्छन्। बालबालिका स्वभावैले जिज्ञासु हुन्छन्। ती जिज्ञासालाई समयमै सिकाइका माध्यमद्वारा बुझाउन सकियो भने बौद्धिक र शैक्षिकस्तर गुणात्मक हुन्छ भनेर प्राथमिकता दिइएको पाइन्छ।
पुस्तकभित्रको पात्रको प्रभावले आपूm बालक हुँदा हावा कसरी चलेको होला ? रेडियोभित्र मान्छे कसरी पस्यो होला र कसरी बोल्यो होला ? घट्ट कसरी चल्यो होला ? फिरफिरे कसरी घुम्यो होला ? आदि जस्ता कुरालाई उठाइएको छ। पुस्तक पढिरहँदा स्वयम् पनि कयौंपटक बाल्यकालका रमाइला दिनसँग साक्षात्कार हुन पुगें। यसले लेखन कला र शिल्पी बेजोड रहेको छर्लंग पार्छ। माकुराले आफ्नो घर बनाउन अथक प्रयास गरेको देख्छौं। त्यही दृश्यलाई लेखकले माकुराको घर र हाम्रो घर बनाउँदाको अवस्थासँग तुलना गरेका छन्। पृथ्वी र समयचक्रलाई मानवीय व्यवहारसँग दाँजेर महत्त्वपूर्ण दर्शन दिने काम भएको छ।
ग्रामीण जीवनलाई आधारस्थल बनाएर शिक्षण सिकाइलाई उद्देश्य बनाउन सफल उपन्यासकार प्याकुरेलले आजका बालबालिकालाई सैद्धान्तिक शिक्षाभन्दा व्यावहारिक र प्रयोगात्मक शिक्षा दिनु आजको आवश्यकता हो भन्ने मान्यता स्थापित गरेका छन्। विज्ञानको सिकाइका लागि फिरफिरे बनाउने, घट्ट चल्ने र बनाउने तरिकालाई लिन सकिन्छ। बालबालिकालाई खेतमा लगेर प्रयोगात्मक रूपमा धान रोप्नेदेखि भिœयाउनेसम्मका तरिका सिकाउन सकिन्छ। उपन्यास यस्तै विविध व्यावहारिक शिक्षाका उदाहरणको प्रतिबिम्ब पनि हो।
बालबालिकाको पहिलो विद्यालय परिवार हो। परिवारका सदस्य यदि असल र संस्कारयुक्त भए उनीहरूले पनि देखासिकी गर्दै प्रत्यक्ष÷अप्रत्यक्ष सिकिरहेका हुन्छन्। यस उपन्यासमा प्रमुख पात्र प्रभातले आफू शिक्षक भएर शिक्षण गर्दा सानो छँदा सिकाइमा भोगेका तर नबुझेका विषय सम्झन्छन्। त्यसैले यहाँ त्यस्ता समस्या बालबालिकालाई नपरोस् भनी उनीहरूलाई मनपर्ने शैलीमा बुझाउन सक्ने तरिका प्रस्तुत गरी उत्प्रेरित गर्न खोजिएको छ। प्रभातले सानो छँदा क, ख, ग, घ र अंक पढ्दा नबुझेर अक्षर र अंक चारैतिर नाचेको सन्दर्भ उपन्यासमा छ। त्यसैले यहाँ बालबालिकाको मनोविज्ञान बुझेर सिकाउँछन्।
बस्, नलेखिएको पुस्तकले महत्त्वपूर्ण सिकाइ सिद्धान्तलाई अंगीकार गरेको छ।बालबालिकालाई रमाइलो तरिकाबाट सिकाइको प्रयोग गर्ने हो भने ती सिकाइहरू उनीहरूले कहिल्यै बिर्सिंदैनन् भन्ने सन्देश यसमा छ। घोकन्ते विद्याले कक्षाको तह पार गर्न सकिएला तर मन–मस्तिष्कमा सधैं ताजा बनाएर राख्न सकिँदैन। पढिरहँदा पात्रलाई माध्यम बनाएर लेखिएका सन्दर्भले मनभित्र मीठा भावहरू तरंगित हुन्छन्। साँच्चै हो नि नलेखिएको पुस्तक पढेर वेदव्यासले वेद रचना गरे। नलेखिएको ब्रह्माण्ड पढेर मानिस अन्य ग्रहमा पुग्न रकेट बनाउन सफल भए। यी सबै नलेखिएका पुस्तकबाटै सम्भव भएका हुन्। बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड सरह मानेकी छु, नलेखिएको पुस्तक।
लेखकले लेखेका छन्, प्रत्येक व्यक्ति छुट्टाछुट्टै पुस्तक हुन्। प्रत्येक परिवार, गाउँ, समाज छुट्टै पुस्तक हुन्। प्रत्येक चिजबस्तु, गाउँसहर, समुद्र पहाड सबैका आ–आफ्नै ढंगका तर नलेखिएका पुस्तक हुन् हामीले नखोजेको वा वास्ता नगरेको मात्र हो। प्रभातका कुरा सुनिसकेपछि किरणको मनमा एक किसिमको उत्साह जागृत हुन्छ। मन हलचल हुन्छ। प्रभातको प्रेरणाले उनले पनि नलेखिएको कथामाथि पुस्तक लेख्ने प्रण गर्छन्। उपन्यासले जहीँतहीँ
सकारात्मक ज्योति देखाएको छ, सम्भावनाको संसार छ भन्ने सन्देश फैलाएको पाइन्छ। भाषा सरल, संवाद आकर्षक, शैली सुन्दर छ। गाउँका थुप्रै दृश्यलाई सुन्दर बिम्बका रूपमा प्रयोग गरेर सिर्जना गरिएको यो उपन्यास आफैंमा मूल्यवान् छ।
समय परिवर्तनशील छ। समयको मागअनुसार हिँड्नु र हिँडाउनु आजको आवश्यकता पनि हो। परिवर्तनशील विश्वले आज शिक्षामा पनि आमूल परिवर्तन चाहेको छ। बालबालिकाको सुन्दर भविष्य र असल नागरिक बनाउन सबैको इच्छाशक्तिले मात्र सम्भव हुन्छ। यसकारण उपन्यास नलेखिएको पुस्तक मुलुकभरका शिक्षकहरूका लागि लाभदायक हुन सक्छ। जसले जीवन र जगत् बुझ्न सजिलो बनाउँछ। पुस्तक जुपिटर प्रिन्टिङले प्रकाशन गरेको हो। जसको भाषा सम्पादन डा. धनप्रसाद सुवेदीले गरेका छन्। आवरणमा राजु नेपालको कला छ।