आरुबोटे घटना : पारिवारिक बेमेलले श्रीमतीको हत्या

आरुबोटे घटना : पारिवारिक बेमेलले श्रीमतीको हत्या
मिक्लाजुङ गाउँपालिका- ३ फेकुवास्थित फिपधोजको घरमा जम्मा भएका छिमेकीहरु। यो घरमा श्रीमान असफलले श्रीमती गोमालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
सुन्नुहोस्

फिदिम : प्राथमिक स्वास्थ्य केन्द्र रबिको आगनमा एकजना बृद्ध गहभरी आँशु पारेर बसिरहेका थिए। उनले आफ्नो छोरीको शव बुझ्न स्वास्थ्य केन्द्रको ढोका कुरेका रहेछन्। मिक्लाजुङ गाँउपालिका- ३ आरुबोटेस्थित फेकुवाका फिपधोज फियाकले कान्छी छोरी गोमाको शव बुझ्न भक्कानिदै स्वाथ्य केन्द्रको ढोका कुरेका थिए। गोमाको शव पोष्टमार्टमका लागि शुक्रबार स्वास्थ्यकर्मीहरु व्यस्त थिए। 

कान्छा ज्वाईँ असफल भनिने नरध्वज कुरुम्बाङको खुकुरी प्रहारबाट ज्यान गुमाएकी छोरीको शव पर्खेर बसेका फिपधोजले भने ‘श्रीमती पनि जिउँदै छ कि मरेकी छ थाहा छैन। उपचारका लागि झापा पठाएको छ। अहिलेसम्म उसको अवस्थाको बारेमा जानकारी छैन।’
बिहीबार साँझ छोरी ज्वाईको विवाद मिलाउन भान्छा घरमा गाउँका पलाद्मीहरु जुटेका थिए। त्यतिनै खेर ज्वाई असफलले छोरीको टाउकामा खुकुरी बजारे। भलाद्मीमाथि पनि उनले खुकुरी प्रहार गरेका थिए। 

श्रीमानको खुकुरी प्रहारबाट भुईमा ढलेकी गोमा छट्पटाउँदै  ‘मलाई बचाउ’भन्दै जीवनको भिख मागिरहेकी थिइन्। तर, केही समयपछि छोरी गोमाले प्राण त्यागिन्। आँखा अगाडि छटपटाउँदै प्राण त्यागेकी तिनै छोरीको शव बुझ्न फिपधोजले अस्पतालको ढोका कुरेका रहेछन्।   

शुक्रबार दिउँसो आरुबोटेस्थित फिपधोजको घर पुग्दा गाउँलेहरुको भीड थियो। सबैको अनुहार मलिन थियो। उनीहरु त्रसित थिए। ‘मुला काटेझैँ ज्वाईले छोरी काटिदियो,’ एक जना बृद्धाले भनिन् ‘गाँउमा बस्नै डरमर्दो भयो।’

फिपधोजको घरमा बिहीबार साँझ कान्छा ज्वाई कुरुम्बाङले श्रीमती गोमासहित सासु कान्छीमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठमाथि खुकुरी प्रहार गरेका थिए। असफलको खुकुरीबाट घाइते भएकी गोमाको घरमै मृत्यु भयो। घाइते सासु कान्छीमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठको झापामा उपचार भइरहेको छ। 

यसरी भएको थियो घटना 

 ६ वर्ष पहिले गोमाले तुम्बेवा गाउँपालिका - ४ हाङगुमका असफल भनिने नरध्वज कुरुम्बाङसँग प्रेम विवाह गरेकी थिइन्। विवाह गरेको एक वर्षपछि गोमा र नरध्वजबीच खचपट सुरु भयो। गोमालाई असफलले कुटिरहन्थे।  

श्रीमानको कुटाई खप्न नसकेर गोमा माइती घरमा शरण लिन आउँथिन्। असफल ससुराली आएर गोमालाई फकाएर लैजान्थे। घर पुर्‍याएपछि गोमालाई असफलले निर्घात रुपमा कुटपिट गर्थे। ‘कुटाई खप्न नसकेर छोरी माइत आएर बस्थि,’ फिपधोज भन्छन् ‘हामी छोरी ज्वाईंलाई सम्झाएर पठाँउथ्यौँ।’

असफलले श्रीमतीलाई कुट्ने र श्रीमानको कुटाईबाट बच्न गोमा भागेर माइत आउने क्रम जारी थियो। पछिल्लो एक वर्ष यता गोमा श्रीमानको घर गइनन्। स्थानीयका अनुसार बिहीबार इलाका प्रशासन कार्यालय रबिमा नागरिकता बनाउन असफल आएका थिए। फर्कने क्रममा उनी फेकुवास्थित सुसुराली घरमा बसे। 

साँझमा छोरी ज्वाईँको झगडा मिलाउन बुवा फिपधोजले भलाद्मी डाकेका थिए। छिमेकीहरु धनरुप फियाक, ढगलसिंह फियाक र महेन्द्र श्रेष्ठ विवाद मिलाउन बसेका थिए।  छलफलको क्रममा असफलले खुकुरी निकालेर भलाद्मीमाथि जाई लागे। श्रीमानले अरुमाथि जाई लागेपछि गोमाले रोक्ने प्रयत्न गरिन्। असफलले गोमामाथि नै खुकुरी बजारे। छुट्याउन जानेमाथि पनि असफलले खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शी धनरुप फियाकको भनाई छ। 
‘म पुग्दाखेरी घरमा झगडा सुरु भइसकेको थियो,’ धनरुपले भने ‘घाइते गोमाले च्याप्प समाएर मलाई बचाउनु भन्दै चिच्याइन्। त्यतिखेर मलाई पनि असफलले खुकुरी प्रहार गरेको थियो।’

असफलले प्रहार गरेको खुकुरीलाई धनरुपले हातमा बोकेको टर्चले छेकीदिए। ‘मलाई प्रहार गरेको खुकुरी टर्चमा ठोकिएर बीड खुस्कियो,’ धनरुप भन्छन् ‘बीड खुस्किएपछि म भाग्न पाए र ज्यान जोगियो।’ पारिवारिक बेमेलकै कारण घटनाले हत्याको रुप लिएको वडाध्यक्ष जीवनहाङ फियाक बताउँछन्। घटनापछि फरार रहेका असफललाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ। तुम्बेवा गाँउपालिका ५ पखेरे टोलबाट असफललाई प्रहरीले पक्राउ गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.