बागलुङको ढोरपाटनमा जीप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते

बागलुङको ढोरपाटनमा जीप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते
सुन्नुहोस्

बागलुङ : बागलुङको ढोरपाटन  नगरपालिका–५ ट्याङखोलामा शनिबार दिउँसो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जीप दुर्घटना हुँदा  चन्द्रगिरी नगरपालिकादेखि घुम्न आएकी एक यात्रु र सवारी चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले जानकारी दिए । 

उनले चन्द्रगिरी नगरपालिका–१० की २८ वर्षीया संगिता अधिकारी गैरे र सवारी चालक ढोरपाटन नगरपालिका–४ खुङ्गाका २७ वर्षीय तिलक घर्तीको घटनास्थलमै मृत्यु भएको बताए । 

दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र ३ जनाको अवस्था सामान्य रहेको डिएसपि केसीले बताए । उनले घाइतेहरुको अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारभइरहेको बताए । 

गम्भीर घाइतेहरुलाई काठमाडौं पठाउनको लागि हेलिकप्टरको व्यस्थापन गर्न लागिएको जानकारी दिए । मृत्तक गैरे चन्द्रगिरीबाट बागलुङको पर्यटकीयस्थल ढोरपाटन घुम्न आएकी यात्रु रहेको प्रहरीले जनाएको छ । सालझन्डि ढोरपाटन सडक खण्ड अन्तर्गत ढोरपाटन नगरपालिका ५ ट्याङखोलाको उकालोमा ब्रेकफेल भइ जीप दुर्घटना भएको डिएसपि केसीले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.