झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, आठ घाइते

झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, आठ घाइते

झापा : झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी आठ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका-१० स्थित माइधारमा शनिबार साँझ ६ बजे कार र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ७२१२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा १४ च ६६०३ नम्बरको कार ठोक्किएको थियो। अन्दाजी २३ वर्षीय मोटरसाइकल चालकको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भयो। 

त्यस्तै मोटरसाइकलको पछाडि सवार एक जना र कारमा सवार चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा कार चालक बिर्तामोड-३ का ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार बिर्तामोड-४ का ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड-३ का ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह रहेका छन्। त्यस्तै मोटरसाइकलमा सवारको पनि पहिचान हुन बाँकी छ। उनीहरूको बिर्ता सिटी अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ। 

त्यस्तै शनिबार दिउँसो ३:५० बजे कमल गाउँपालिका-४ स्थित चुलाचुली मोडमा दुईवटा मोटरसाइकल र एउटा स्कुटर ठोकिँदा एकजनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१६प ८९९२ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोकिँदा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०१-०१६प ७१४० नम्बरको स्कुटर पनि ठोक्किएको थियो।

दुर्घटनामा परी प्रदेश १-०१-०१६ प ८९९२ नम्बरको मोटरसाइकल चालक कनकाई-५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई र सोही मोटरसाइकलको पछाडि सवार कनकाई-३ का ७० वर्षीय रघुनाथ भट्टराई घाइते भएका थिए। 

घाइतेमध्ये रघुनाथलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्को मोटरसाइकल चालक र स्कुटर चालक सामान्य घाइते भएको प्रहरीले जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.