गाजा पट्टीमा इजरायली आक्रमण, १३५ जनाको मृत्यु
हमासको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा १३५ जनाको मृत्यु भएको छ । मारिनेहरूमा गाजाको दक्षिणी क्षेत्र रफाहको एकै घरका १० जना थिए, जहाँ दुई विस्थापित परिवारले आश्रय लिएका थिए।
इजरायली बमबारीबाट विस्थापित भएका गाजाका अन्य इलाकाबाट राफाहमा आएका कारण यस सहरको जनसंख्या १० लाखभन्दा बढी पुगेको छ।
यसैबीच गाजाबाट पनि दक्षिणी इजरायलमा रकेट प्रहार गरिएको छ ।
रफाह निवासी समीर केष्टाले समाचार एजेन्सी एएफपीलाई इजरायली बमबारीमा आफ्नो घर पूर्ण रूपमा ध्वस्त भएको बताए। आक्रमणको समयमा उनी र उनकी श्रीमती बाहिर गएका थिए।
उनले भने, 'यस घरले मलाई र मेरा छोराछोरीलाई आश्रय दियो। हामी शान्तिप्रेमी मानिसहरू हौं। उनीहरूले पूर्व चेतावनी बिना नै हामीमाथि आक्रमण गरे।'बीबीसी