हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं : प्रधानमन्त्री दाहाल

हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं : प्रधानमन्त्री दाहाल
सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ताइवानलाई स्वतन्त्ररूपले हेर्न नहुने बताए।

उनले ताइवान चीनको एक भाग भएको प्रस्ट पारे। 'ताइवान भनेको चीनको एउटा भाग हो। त्यसलाई स्वतन्त्र रूपले हेर्नुहुँदैन, हामीले हेर्दैनौं पनि। हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं,' उनले भने। 

उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताए। चीनप्रतिको यो नीति कहिल्यै नबदलिने उनको भनाइ थियो। 'एक चीन नीतिप्रति हामी प्रतिबद्ध छौं। नेपालले अवलम्बन गर्दै आएको यो नीति कहिल्यै परिवर्तन हुँदैन,' उनले भने। प्रधानमन्त्री दाहालले चीन र नेपाल आफ्नो मुलुक समृद्ध बनाउनतर्फ अग्रसर हुनुपर्ने बताए।

प्रधानमन्त्री दाहालले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिलो मित्र भएको बताए। शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेको उनकाे भनाई थियाे। 'हामीले असल मित्रकारुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौं। शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा  हाम्रो सम्बन्ध रहिआएको छ।'

चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै उनले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र जोडिएका छैनन्, यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेकाे उनले बताए। उनले संस्कृतिक सम्बन्धको गतिलो उदहारणका रूपमा चन्द्रमासमा आधारित पात्रो रहेको उल्लेख गरे।

null

आफूले हालै गरेको चीनको औपचिारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको भेटवार्ताका क्रममा नेपाल चीन सम्बन्धका विविध आयाममा गहिरो छलफल भएको उनले स्मरण गरेका थिए।

त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री दाहाल चीनको राम्रो साथी भएको बताए। 'सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चीनको राम्रो साथी पनि हो। चीन हरदम नेपालको हितमा छ,' उनले भने। चिनियाँ राजदतू सोङले नेपाल र चीनको द्विपक्षीय हितका विषयमा चर्चा गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राजनीतिका दलका नेताहरू सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.