एनआई कपमा नेशनल एकेडेमी र वीरगन्ज सेन्ट्रल कलेज विजयी
वीरगन्ज : वीरगन्जमा जारी नेशनल इन्फोटेक (एनआई) कप टी-२० क्रिकेटमा आइतबार भएका खेलाा नेशनल एकेडेमी र वीरगन्ज सेन्ट्रल कलेजले जीत हात पारेका छन्।
नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको आइतबारको दोस्रो खेलमा नेशनल एकेडेमीले वीरगन्ज कलेजलाई ४ विकेटले पराजित गरेको हो। ९७ रनको लक्ष्य नेशनल एकेडेमीले १३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि आविदबाबु ठकुरीले ३४ बलमा ८ चौका प्रहार गर्दै ४७ रन बनाए। शिवचन्द्र प्रसादले १० रन जोडे।
बलिङतर्फ वीरगन्ज कलेजका रामप्रवेश पण्डितले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए। मुकेश कुमार साहले ४ ओभरमा १८ रन दिएर १ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वीरगन्ज कलेजले १९.३ ओभरमा सबै बिकेट गुमाएर ९६ रन मात्र बनाएको थियो। उसका लागि आदित्य पासवानले २४ बल खेल्दै २ चौकाको मद्धतमा २० रन बनाए। आकाश यादवले २३ बलमा १९ रन जोडे भने सन्देश बैठाले २ चौकाको मद्धतमा ११ रन बनाए।
बलिङतर्फ नेशनल एकेडेमीका रोशन कुमार पटेल र विशाल कुमार गुप्ताले समान ३र३ विकेट लिए। सन्नी कुमार कलवारले २ विकेट लिए। आइतबार नै भएको पहिलो खेलमा वीरगन्ज सेन्ट्रल कलेजले जीत हात पार्यो। वीरगन्ज सेन्ट्रलले ग्लोबल बिजनेस कलेजलाई ७ विकेटले पराजित गरेको हो।
ग्लोबल बिजनेसले पहिले व्याटिङ गरि दिएको ९४ रनको लक्ष्य वीरगन्ज सेन्ट्रलले १५ ओभरमा ३ विकेटको क्षतिमै भेट्याएर जीत हात पारेको हो। उसका लागि कमलेश दासले उत्कृष्ठ प्रदर्शन गर्दै २ छक्का र ४ चौकाको मदतमा ४७ रन बनाए भने निकेश गुप्ताले ३२ रन बनाए। ग्लोबल बिजनेसका आदर्श भण्डारीले २ विकेट र अफन मल्लिकले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको ग्लोबल बिजनेसले १९ ओभरमा ७ विकेट गुमाउँदै ९३ रन बनाएको थियो। ग्लोबलका लागि विवेक यादवले सबैभन्दा बढी १८ रन जोडे। आदर्श भण्डारीले १६ र साहिल सर्राफले १२ रन बनाए। ग्लोबल बिजनेसलाई सस्तैमा समेट्न वीरगन्ज सेन्ट्रलका निकेश गुप्ताले ३ विकेट लिए। मुकेश मण्डल र प्रेम प्रकाशले १-१ विकेट लिए।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा पर्सा, बारा र रौतहटका गरी १० वटा कलेजका टिमले भाग लिएको आयोजक नेशनल इन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए।