२४ करोड कित्ता आईपीओ जारी गर्दै प्राधिकरण

२४ करोड कित्ता आईपीओ जारी गर्दै प्राधिकरण
सुन्नुहोस्

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ। प्राधिकरणले संस्थाको वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो। सेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ। अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ।

प्राधिकरण सञ्चालक समितिको गत मंसिर २५ गते बसेको बैठकले आवश्यक निर्णय गरेको छ। सञ्चालक समितिले अर्थ मन्त्रालयबाट अधिकृत पुँजी ३ खर्ब रुपैयाँ कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको छ।

प्राधिकरणले अधिकृत पुँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई सेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेकामा सो निर्णय यही पुस १९ गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयमा पेस गरिसकेका छन्।

सार्वजनिक संस्थालाई थप सबल बनाउने उद्देश्यका साथ प्राधिकरणको आईपीओ जारी गर्न लागिएको हो। सरकारले संस्थालाई आम नागरिकको बनाउने उद्देश्यका साथ यस्तो तयारी गरेको हो। शक्तिबहादुर बस्नेत, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री

प्राधिकरण ऐन २०४१ को दफा (५) मा सर्वसाधारणलाई सेयर जारी गर्न सकिने व्यवस्था रहेको छ। सोहीअनुसार प्राधिकरणको सेयर जारी गर्ने प्रस्ताव गरिएको हो। अधिकृत पुँजी ३ खर्ब पु¥याउने गरी अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएकाले उक्त पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने स्वीकृतिका लागि कार्यकारी निर्देशक घिसिङले सञ्चालक समितिसमक्ष प्रस्ताव गरेका थिए।

विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो। प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरणका अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ। प्राधिकरणले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले निर्माण गर्ने जलविद्युत् आयोजनाहरूसँग दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गरिहेको छ। क्रेडिट रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको दखिन्छ।  आईपीओ जारी गर्ने कारणः विद्युत् उत्पादनतर्फका आयोजनाहरू निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तार गर्न।

सार्वजनिक निकायमध्ये प्राधिकरणले डबल ए प्लस क्रेटिड रेटिङ पाएकाले संस्थामा वित्तीय दायित्व बहन गर्न सक्ने उच्च तहको सुरक्षित क्षमता देखिएको छ। क्रेडिट रेटिङबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो देखिएको छ। ऋण तिर्न सक्ने क्षमता देखिएको छ। आन्तरिक माग धान्न हिउँदका केही महिनामा हुने विद्युत् आयात प्रतिस्थापन छिट्टै हुँदै छ । ​​​​​​​कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेविप्रा
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.