नुवाकोटमा ४० हल गोरु जुधाइयो
नुवाकोट : नुवाकोटका विभिन्न स्थान सोमबार ४० हल गोरु जुधाइएको छ। माघे संक्रान्तिका अवसरमा चन्दनीमा १६, बेत्रावतीमा नौ, पन्चकन्यामा आठ र शेराबगरमा पाँच हल गोरु जुधाइएको हो।
चन्दनीमा गोरुलाई विशिष्ट श्रेणीका साथै क ख र ग श्रेणीमा वर्गीकरण गरि जुधाइएको छ। गोरु जुधाएर मनोरञ्जन लिने परम्परा २०६० सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा गोरु जुधाउन थालिएको हो। त्यसको केहि वर्षपछि २०६२ सालदेखि भने समिति गठन गरेर जुधाउन थालिएको हो।
गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखाबाट समेत सर्वसाधारण आएका थिए।