नवलपरासीमा थारु समुदायका परम्परागत सामग्रीको प्रदर्शनी

नवलपरासीमा थारु समुदायका परम्परागत सामग्रीको प्रदर्शनी
सुन्नुहोस्

परासी : नवलपरासीका थारु समुदायले परम्परागत हस्तकला सामग्रीको प्रदर्शनीसहित विभिन्न कार्यक्रम गरी सोमबार माघी अर्थात् खिचडी पर्व मनाएका छन्। 

थारु बाहुल्यता भएका जिल्लाको मनरी, रामग्रामको कुइया, बर्दघाटको चौपातामा थारु समुदायले मेला र महोत्सवको आयोजना गरेर पर्व मनाएका हुन्। जिल्लामा सबैभन्दा ठूलो मेला सरावलको मनरीमा लाग्दै आएको छ। 

मनरीमा रहेका श्रीराम युवा प्रतिष्ठान, मनरी टोल विकास समिति र थारु सांस्कृतिक पार्क सञ्चालक समितिको संयुक्त आयोजनामा भएको तीन दिने महोत्सवमा थारु संस्कृति र परम्परागत सामग्रीको प्रदर्शनी राखिएको थियो। 

प्रदर्शनीमा लोपहुँदै गएका बाँसबाट निर्मित, छतरी/सेको (छाता/सेखु), डेरा (आलु र विभिन्न बीउ राख्नका लागि प्रयोग गरिने), ढिमर (माछा मार्न प्रयोग गरिने) लगाएतका हस्तकलाका सामग्रीहरू रहेका थिए। त्यसैगरी लोप हुँदै गएका काठबाट बनाइने लडिया, जुआठा (हलो जोत्दा प्रयोग हुने जुवा), राही (दही मथ्दा प्रयोग हुने)लगाएतका सामग्रीहरूलाई प्रदर्शनीमा राखिएको थियो।   

थारु समुदायको महत्वपूर्ण चाडमध्ये माघी पर्व प्रमुख रुपमा रहेको छ। माघीका दिन थारु समुदायले अगुवाका रुपमा गाउँमा मुखिया चयन गर्ने गर्दछन्। 

यसलाई थारु समुदायले ‘बडघर’ भन्ने गर्दछन्। यसरी चयन भएका मुखिया एक वर्षसम्म फेरिँदैनन्। यस प्रथालाई ‘माघी देवानी ’ पनि भन्ने गरिन्छ। पछिल्लो समय यो प्रथा भने अधिकांश स्थानमा क्रमशः हट्दै गएकोमा थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.