रेलभित्रै लडेर यात्रुको मृत्यु

रेलभित्रै लडेर यात्रुको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

जनकपुर : भंगहा-जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका -४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान ८ बजेतिर महोत्तरीको भंगहाबाट जयनगरतर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए । टीटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको जानकारीमा आएको डीएसपी अवाले बताए ।

मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी अवाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.