चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले  दिइन् राजीनामा

चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले  दिइन् राजीनामा
तस्बिर : बीबीसी।
सुन्नुहोस्

चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी एक सांसदले राजीनामा दिएकी छन्। प्रहरीले यी घटनाहरुको अनुसन्धान गरिरहेको बीबीसीमा समाचारमा जनाइएको छ।

ग्रीन पार्टीका ४२ वर्षीया गोलरिज गहरामानले दुई कपडा पसलबाट तीन पटक चोरी गरेको आरोप छ। यीमध्ये एउटा चोरी अकल्यान्डमा र बाँकी वेलिंग्टनको पसलमा भएको थियो।

कामको तनावका कारण आफूले चरित्र विपरीत व्यवहार गरिरहेको गहरामनले बताएकी छन्। उनले भनिन्, 'मैले धेरै मानिसहरूलाई अपमानित गरेको छु र म माफी चाहन्छु।'

संयुक्त राष्ट्रसंघमा मानवअधिकार वकिल भइसकेकी गोलरिजले सन् २०१७ मा इतिहास रचेका थिइन्। उनी न्यूजिल्याण्ड सरकारमा सपथ लिने पहिलो शरणार्थी थिइन्। उनी बाल्यकालमा परिवारसहित इरानबाट भागेकी थिइन्। त्यसपछि उनलाई र उनको परिवारलाई न्यूजिल्याण्डमा राजनीतिक शरण दिइएको थियो।

गहरामनले मंगलबार अकल्याण्डको बुटिकबाट डिजाइनर झोला उठाएको सीसीटीभी फुटेज बाहिरिएपछि उनको राजीनामा आएको हो।  बीबीसी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.