क्यानडा-भारत विवाद : भारतीय विद्यार्थीको परमिटमा कटौती
![क्यानडा-भारत विवाद : भारतीय विद्यार्थीको परमिटमा कटौती](https://annapurnapost.prixacdn.net/media/albums/canadian-minister_zcryWaAU9d_IvBJVWC7N3.jpg)
गत वर्ष क्यानडा र भारतबीचको कूटनीतिक विवादका कारण क्यानडाबाट भारतीय विद्यार्थीहरूलाई दिइने अनुमतिमा उल्लेख्य कमी आएको छ। एक शीर्ष क्यानाडाली अधिकारीका अनुसार गत वर्षको अन्त्यमा विद्यार्थीहरूलाई दिइने अध्ययन अनुमतिको संख्यामा तीव्र गिरावट आएको छ।
भारतले परमिट प्रक्रियामा सामेल क्यानडाका कुटनीतिज्ञहरुलाई दुई देशबीचको विवादका कारण हटाएको थियो। त्यसैको कारण अनुमति प्रक्रियाको संख्यामा गिरावट आएको उनको भनाइ छ ।
क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरले एक अन्तर्वार्तामा भारतीय विद्यार्थीहरूलाई दिइने अध्ययन अनुमतिको संख्या चाँडै बढ्ने सम्भावना नभएको बताए।
जुनमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो सरकारसँग क्यानाडाली नागरिक र खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय सरकारी अधिकारीहरू संलग्न रहेको देखाउने बलियो प्रमाण रहेको बताएका थिए।
'भारतसँगको हाम्रो सम्बन्धको तनावले भारतबाट आउने ठूलो संख्यामा आवेदनहरू प्रशोधन गर्ने हाम्रो क्षमतालाई निकै कम गरेको छ,' मिलरले भने।
अक्टोबरमा भारतको अनुरोधमा क्यानडाले ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाउनु परेको थियो। भारतले क्यानडामा रहेका भारतीय कूटनीतिज्ञको संख्याभन्दा भारतमा क्यानाडाली कूटनीतिज्ञको संख्या धेरै रहेको बताएको छ र क्यानडालाई यो संख्या बराबर गर्न भनिएको छ । बीबीसी
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)