बसले सीटी सफारीलाई ठक्कर दिँदा वृद्धाको मृत्यु

बसले सीटी सफारीलाई ठक्कर दिँदा वृद्धाको मृत्यु
सुन्नुहोस्

विराटनगर : पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा बुधबार दिउँसो यात्रुबहाक बसले सीटी सफारीलाई ठक्कर दिँदा वृद्धा महिलाको मृत्यु भएको छ। 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ७८३५ नम्बरको बसले पश्चिमतर्फ नै आउँदै गरेको प्रदेश १-०१-००२ ह ११४८ नम्बरको सफारीलाई पथरीशनिश्चरे नगरपालिका-१ मा ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परेर सफारीमा सवार तेह्रथुम घर भइ पथरीशनिश्चरे-२ मा पाहुना आएकी ८० वर्षीया हस्तमाया गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले जानकारी दिए।
 

उनका अनुसार दुर्घटनामा परेर घाइते भएकी हस्तमायालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्‍याउनसाथ दिउँसो १ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्। दुर्घटनामा सफारी चालक पथरीशनिश्चरे-२ का ५१ वर्षीय ललितकुमार गुरुङ घाइते भएका छन्। उनको पथरी अस्पतालमा उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए। 

उनका अनुसार दुर्घटनालगत्तै बस र चालक पाँचथरको मेमेङ घर भएका ३२ वर्षीय अर्जुन राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.