विदेश भ्रमणको अग्रस्थानमा

प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान

प्रचण्डले भने : राष्ट्रिय हित र साझा मुद्दाको उठानका दृष्टिले रणनीतिक महत्व छ

प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगाण्डा प्रस्थान गरेका छन्। शुक्रबार र शनिबार हुने असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी कम्पाला प्रस्थान गरेका हुन्। प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार राति २:१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन्।

प्रधानमन्त्री प्रचण्डले भ्रमण नेपालका लागि निकै महत्वपूर्ण रहेको दाबी गरेका छन्। ‘असंलग्न राष्ट्रहरूको सम्मेलन (नाम) मा सहभागी भई सम्बोधनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डाको कम्पाला प्रस्थान गरेको छु।’ उनले भने,‘नेपाल असंलग्न आन्दोलनका संस्थापक राष्ट्रहरूमध्ये एक हुनुको नाताले एवं नेपालको परराष्ट्र नीति असंलग्न सिद्धान्तमा आधारित भएकाले यो भ्रमण नेपालका लागि निकै महत्वपूर्ण छ।’

उनले नेपालको राष्ट्रिय हित र साझा मुद्दाहरूको उठान एवं कार्यान्वयनका दृष्टिले रणनीतिक महत्वको हुने विश्वास व्यक्त गरे। उनले भने,‘विश्वास छ–यस भ्रमणका क्रममा नेपालको तर्फबाट मैले गर्ने सम्बोधन एवं सदस्य राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँगको भेटघाट तथा छलफलले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा सुदृढीकरण, नेपालको राष्ट्रिय हित र साझा मुद्दाहरूको उठान एवं कार्यान्वयनका दृष्टिले रणनीतिक महत्वको हुनेछ।’

प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्ने कार्यतालिका छ। सोही दिन उनी युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्। असंलग्न आन्दोलन (नाम) का संस्थापक राष्ट्रहरूमध्ये नेपाल पनि एक हो। प्रधानमन्त्री माघ ७ गते नेपाल फर्किनेछन्।

प्रधानमन्त्री दाहाल छोटो अवधिमा सबैभन्दा बढी समय विदेश जानेमा अग्रस्थानमा पर्छन्। एक वर्षको अवधिमा प्रधानमन्त्री दाहालले भारत, इटाली, अमेरिका, चीन र दुबईको भ्रमण गरिसकेका छन्। उनी केहिदिनमा स्विट्जरल्यान्ड उड्ने आन्तरिक तयारी भइरहेको छ। प्रधानमन्त्री दाहालले छिमेकी देश भारतबाट भ्रमण सुरु गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.