प्रचण्ड विदेश भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

प्रचण्ड विदेश भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई
प्रधानमन्त्री प्रचण्ड युगान्डामा सहभागी हुनेक्रममा त्रिभुवन विमास्थलमा बिदाइ गर्नेक्रममा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत सहभागी हुँदै । तस्बिर : रासस
सुन्नुहोस्

 

काठमाडौं : काठमाडौं : कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार बिहान युगान्डा प्रस्थान गरेपछि खड्कालाई कार्यबाहक प्रधानमन्त्री तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यू युगाण्डाको राजधानी कम्पालामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा सहभागी हुन सम्वत् २०८० साल माघ ४ गते बिहीबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ।’

शिखर सम्मेलन यही माघ ५ र ६ गते युगान्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साललगायत नेपाल सरकारका उच्च अधिकारी छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.