पत्रकार कुट्ने प्रहरीलाई कारवाहीको माग गर्दै प्रशासनअघि धर्ना

पत्रकार कुट्ने प्रहरीलाई कारवाहीको माग गर्दै प्रशासनअघि धर्ना
सुन्नुहोस्

बागलुङ : पत्रकारमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै बागलुङका पत्रकारहरुले बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानामाथि भएको कुटपिटको घटनाको सत्यतथ्य बाहिर ल्याउन र पत्रकारमाथि कुट्पिट गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै प्रशासनअघि शान्तिपूर्ण धर्ना बसेको महासंघका सहसचिव तारानाथ आचार्यले बताए । उनले प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गरिनुपर्ने पत्रकारहरुको माग रहेको बताए ।

गतसाता बागलुङ महोत्सवमा भएको झगडाको क्रममा प्रहरीले नागरिकमाथि कुटपिट गरेको थियो । उक्त घटनाको फोटो भिडियो खिच्ने क्रममा पत्रकार रानाको मोबाइल खोसेर प्रहरीले लाठी प्रहार गरेको थियो ।  घाईते रानाको हातको हड्डी चर्केको छ भने खुट्टामा निलडामहरु छन् । राना धौलागिरी अस्पतालमा उपचारपछि घर फर्केका छन् ।

सहसचिव आचार्यले घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला सुरक्षा समितिले गठन गरेको छानविन समितिले म्याद सकिँदा पनि प्रतिवेदन नल्याएपछि बुधबारदेखि शान्तिपूर्ण आन्दोलनको सुरुवात गरिएको बताए । उनले तत्काल प्रतिवेदन आएर दोषीलाई कारवाही नभएमा चरणबद्ध आन्दोलन गर्ने जानकारी दिए ।

पत्रकार महासंघले छानविन समितिले प्रतिवेदन नल्याउँदा र दोषिलाई कारवाही नहुँदासम्म जिल्ला प्रशासन कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङको सहभागिता रहने कार्यक्रम बहिस्कार गर्ने निर्णय समेत गरेको छ ।

पीडितले राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी गरेका छन् । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने छिट्टै प्रतिवेदन आउने र त्यसबाट दोषी देखिएकालाई कारवाही हुने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.