पेट्रोलियम मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण

पेट्रोलियम मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण
सुन्नुहोस्

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ ।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलबाट विद्युतीय सवारीमा रूपान्तरण गरेको हो ।

उपमहानगरले पहिलो चरणमा दुईवटा मोटरसाइकललाई रूपान्तरण गरेको हो । सम्याति इलेक्ट्रो व्हिल्स प्रालिसँग सम्झौता गरेर रूपान्तरण गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।

संघीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो ।


देशमै पहिलोपटक स्थानीय तहले यो कामको सुरुआत गरेको पौडेलको दाबी छ । सम्याति इलेक्ट्रो व्हिल्स प्रालिका सञ्चालक आदित्य आचार्यले आफूहरू मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गर्न सफल भएको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.