आज मधेसमा बलिदानी दिवस मनाइँदै, सरकारी बिदा
प्रदेशले मधेस आन्दोलन सुरु भएको दिन माघ ५ मा सरकारी बिदा दिने निर्णय गरेको छ।
मधेस आन्दोलनका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने ‘बलिदानी दिवस’मा प्रदेश सरकारले बिदा दिने गरेको छ।
पहिलो मधेस आन्दोलनका क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले सहादत पाएका थिए। यसैको सम्झनामा बलिदानीको संज्ञा दिँदै मधेसी दलहरूले ‘बलिदानी दिवस’ मनाउँदै आएका छन्।