सडक निर्माण गर्न जगत बजार भत्काउँदै स्थानीय

सडक निर्माण गर्न जगत बजार भत्काउँदै स्थानीय
गाउँको बीचबाट सडक लैजान घरको संरचना भत्काउँदै स्थानीयबासी। तस्बिर : गणेश कार्की।
सुन्नुहोस्

गोरखा : नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट, आरघाट, लार्के सडकको जगतखण्ड जगत बजारभित्रबाटै अघि बढाउने निर्णय भएको छ। विवाद समाधान नहुँदा अवरुद्ध भएको सो खण्डको काम विवाद मिलेसँगै पुनः सुचारु भएको चुमनुब्री ३ का वडाअध्यक्ष रामकुमार गुरुङले जानकारी दिए।

विवाद मिलेसँगै जगतबजारबाट सडक कसरी अघि बढाउने बारे लामो समयदेखि विद्यमान अलमलले निकास आएको छ। जगत बजारभित्रबाटै सडक अघि बढाउन सर्वपक्षीय सहमति जुटेपछि जारी विवादले निकास पाएको हो। सहमति जुटेसँगै बेनिघाट, आरुघाट, लार्के सडकको जगतखण्ड जगतबजारभित्रबाटै अघि बढाउने कार्य सुरु भएको स्थानीय गणेश कार्कीले जानकारी दिए।

कुनबाटो अघि बढाउने भन्ने बारे टुंगो नलाग्दा चुमनुडी गाउँपालिका ३ को जगतबाट नाग्चेतसम्मको उक्त सडकखण्ड गत पुस १३ गतेदेखि अवरुद्ध भएको थियो। वडाअध्यक्ष गुरुडको अध्यक्षतामा बसेको सर्व पक्षीय छलफलले विवादको टुङ्गो लगाएको हो। बडा अध्यक्ष गुरुडले स्थानीयहरुसँग समन्वय गरेर सडकको काम अघि बढाउन लागिएको  बताए। 

'जग्गा सम्बन्धी विवाद मिल्यो। अब बस्ती क्षेत्रबाट सडक बनाउनका लागि चौडा निर्धारण पनि भइसकेको छ’, उनले भने, ‘कायम भएको क्षेत्रमा अबको एक दुई दिनमै सडक बनाउने काम सुरु हुन्छ।’ जग्गासम्बन्धी विवाद हुँदा जग्गाधनी सुकबहादुर गुरुङले सडक मर्मतसम्भार गरेर गाडी चल्न थालेको एक, दुई दिनमै बाटो अवरुद्ध गरेका थिए। 

‘अहिले विवाद सहमतिमा आइसक्यो’, स्थानीय गणेश कार्कीले भने, ‘दायाँ–बायाँ चार मिटर सडक खोल्न दिने र पुरानो ऐतिहासिक माने भत्किने हुँदा मानेलाई छलेर सडकको काम सुरु भएको कार्कीले बताए। यसरी बजारको बीचबाट सडक लैजाँदा घरहरु क्षति हुन्छन्। ऐतिहासिक मानेलाई यथाव राख्न घरहरु भत्काउन लागिएको उनले बताए। विकास पनि चाहिएको छ, सम्पदा पनि चाहिएको छ’, उनले भने, ‘सर्वसाधारण जनताको आवश्यकता र भविष्यका लागि सोचेर विकासलाई रोज्यौं। मैले त आफ्नो घर पनि भत्काउन थालिसके।’
 
उनले जगतबासीले सडक अन्तर्गत पर्ने जग्गाको मुआब्जा नपाएको पनि बताए। ‘सडक बनाउने भनेर अहिले सबैजनाले आफ्नो घर आफ्नै खर्चबाट भत्काउन लागेका छौं र विवाद समाधान भएपछि सडक निर्माणको काम गर्ने तयारीमा रहेको नेपाली सेनाको सडक निर्माण मिलाउने काम समुदायको हो। जगतमा उपयुक्त निर्णय गरेपछि हामी काम सुरु गर्छौं ', बेनिघाट, आरुघाट लार्के सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले भने, ‘जगत बजारमा बाटो कहाँबाट लैजाने भन्ने विवाद मिलेकाले अब त्यही अनुसार काम गर्नेछौं’। उक्त सडक खण्डमा एम्बुलेन्स, मालबाहक सवारी साधन, निर्माण सामग्री ढुवानी गरेको सवारी साधन र मोटरसाइकल बाहेकका सवारी साधन आवतजावतमा रोक लगाइएको थियो। 

विवाद मिलेपछि यात्रुबाहक यातायतहरु पुन सञ्चालनमा आउने तयारी रहेको उनले बताए। 

बेनिघाट, आरुघाट, लार्के सडकको हावाडाँडादेखि लार्केसम्मको करिब ९२ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ। अहिले सिर्दिबासको पाडसिड आसपास सडक निर्माण भइरहेको छ। 

कार्कीका अनुसार आठ मिटरको सडक बनाउँदा गाउँका सबै घर ध्वस्त पार्नुपर्छ। 'मापदण्ड अनुसारको आठ मिटर सडक बनाउने हो भने गाउँ नै बाँकी रहन्न', उनले भने, 'त्यसैले आधाआधी घर बाँकी रहने गरी बाटो लैजान दिएका छौं।' जगत बजारको छेउबाट सडक निर्माण गर्दा त्यो बाटो बर्खाको बेलामा खोलाले बगाउने, बीचबाट सडक निर्माण गर्दा बजारका घरहरुमा क्षति पुग्ने, बजारभन्दा माथिबाट सडक निर्माण गर्दा पनि पहरो बिस्फोट गर्ने क्रममा बजारमा क्षति पुग्ने उनले बताए। 

धेरै छलफल गरेर बजार क्षेत्रका बीचमा चार मिटर जग्गा सडकलाई दिने निर्णय भएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.