बोक्सीको आरोपमा काकाको हत्या गरी फरार रहेका दुईजना १५ वर्षपछि पक्राउ

बोक्सीको आरोपमा काकाको हत्या गरी फरार रहेका दुईजना १५ वर्षपछि पक्राउ
सुन्नुहोस्

काठमाडौं : बोक्सीको आरोपमा काकाको हत्या गरी फरार रहेका दुईजना अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ का ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनीहरूले २०६५ असोज २९  गते काका नाता पर्ने सोही ठाउँका चमारसिंह मगरलाई बोक्सीको आरोप लगाइ हत्या गरी फरार भएका थिए।पक्राउ परेका सन्तलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ भने टंकबहादुरको स्वास्थ्यमा समस्या आएकाले उपचारपछि मात्रै अदालत बुझाइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.