चन्द्रागिरीमा चौंथो अन्तर्राष्ट्रिय स्क्य्राबल प्रतियोगिता

चन्द्रागिरीमा चौंथो अन्तर्राष्ट्रिय स्क्य्राबल प्रतियोगिता
सुन्नुहोस्

काठमाडौं : चन्द्रागिरी नगरपालिकामा चौथो अन्तर्राष्ट्रिय स्क्य्राबल प्रतियोगिता सुरु भएको छ। नगरपालिकाको नैकापस्थित ब्राइट फ्यूचर माविमा बिहीबारबाट प्रतियोगिता सुरु भएको हो। प्रतियोगिता शुक्रबार सकिने छ। 

अन्तर्राष्ट्रिय स्तरको स्क्य्राबल च्याम्पियनसिप प्रतियोगितामा भारत, श्रीलंका, संयुक्त राज्य अमेरिकाका विद्यार्थीहरू तथा प्रतिनिधि सहभागी छन्। उक्त प्रतियोगितामा चार देशका १ सय भन्दा धेरै खेलाडीले भाग लिएका छन्। आयोजकका अनुसार विद्यालय हातामा सञ्चालन हुने प्रतियोगितामा नेपालका ३० जनाभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन्। 

अंग्रेजी भाषाको विकास, सञ्चारको सीप, सहकार्य, नयाँ शब्द तथा शब्दावली सिकाउन संसारभर खेलाइने खेल स्क्य्राबल हो। यस खेलको शुरुवात अमेरिकामा भएको मानिन्छ। यो खेल पछिल्लो समय नेपालमा समेत लोकप्रिय बन्दै गएको छ। नेपालमा यसको यसको अन्तर्राष्ट्रिय च्याम्पियनशीप ब्राइटफ्यूचर माविमा पहिलो पटक भएको आयोजकको दाबी छ। 

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले गरेका थिए। प्रतियोगिताका लागि करिब १० लाख रूपैयाँ खर्च हुने अध्यक्ष मोहनकुमार कार्कीले बताए। उनका अनुसार यो रकम स्थानीय निकाय चन्द्रागिरि नगरपालिका कार्यालयबाट तथा अन्य सहयोगी हातबाट जुटाइएको छ। 

प्रतियोगितामा सहभागी प्रतिनिधि तथा खेलाडीहरूका लागि आवश्यक व्यवस्थापनका लागि सो रकम खर्च हुने उनले जनाए। चन्द्रागिरि नगरपालिकाको ब्राइट फ्यूचर मावि तथा जेसिस माविमा स्क्य्राबल क्लब नै गठन गरी यस शैक्षिक खेलको प्रवर्द्धनको प्रयास भइरहेको बताइएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.