‘यातायात व्यवसायी संकटमा’

‘यातायात व्यवसायी संकटमा’
सुन्नुहोस्

गुलरिया : यातायात क्षेत्रको सिन्डिकेट तोड्दै प्रालिमार्फत सञ्चालनमा ल्याइएपछि सार्वजनिक यातायात सञ्चालन गरेका व्यवसायी संकटमा छन्। सरकारले २०७४ सालदेखि संस्थागत रूपमा दर्ता भई सञ्चालनमा रहेका यातायात व्यवसायी संघलाई खारेजी गरी सिन्डिकेट हटाएको थियो।

सरकारले सिन्डिकेट तोड्ने नाउँमा यातायात व्यवसायीलाई क्षत्विक्षत गरेको नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले बताए। बर्दियाबाट सञ्चालनमा रहेका बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालि र बर्दिया कृष्णसार यातायात प्रालि एकीकृत गरी बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालिमा समाहित गर्न समन्वयात्मक भूमिकाका क्रममा उनले कम्पनीमार्फत सञ्चालित सार्वजनिक यातायात सेवा विफल भएको दाबी गरे। 

सिटौलाले भने, ‘नेपालमा यातायात क्षेत्रले ठूलो लगानी गरे पनि राज्यको अस्वस्थ प्रतिस्पर्धाले यातायात व्यवसायी धराशायी बन्दै गइरहेका छन्। राज्यले दुर्घटना न्यूनीकरण गर्न दूरदर्शी व्यवस्था ल्याउन सकेको छैन। दुर्घटनाको अनुसन्धानमा सरकारले बनाएको आयोग व्यवसायी मैत्री छैन।’ यातायात व्यवसायीको हितमा काम गर्न उनले सरकारसँग आग्रह गरे।

बर्दियामा २०५७ सालमा दर्ता भई सञ्चालनमा रहेको बर्दिया कृष्णसार यातायात व्यवसायी संघ सरकारले प्रालिमा रूपान्तरण गराउने क्रममा विभाजित भई अलगअलग सञ्चालन गर्दै आएकोमा देशको आर्थिक अवस्था प्रतिकूल बन्दै गएपछि गाभिनुको विकल्प नभएको नेपाल यातायात व्यवसायी महासंघका सहमहासचिव शम्भुप्रसाद रिजालले बताए।    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.